एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत



काठमाडौं,पुस ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मतरूपमा दलको नेता चयन भएका हुन् । 

एमाले सांसदका अनुसार अर्को बैठकले दलको उपनेता, प्रमुख सचेतकलगायत चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्