विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित



काठमाडाैं,माघ १। आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ ।

विमान दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पोखराले जनाएकाे हाे । विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार रहेका थिए ।

विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्