प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने पोखरा जादैं



काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित केही मन्त्रीहरु पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिन पोखरा जान लागेको बताएको छ ।

आज बसको आकस्मिक मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने भएका हुन ।

प्रधानमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्