हवाई दुर्घटनामा झोरवासी शोकमा



काठमाडौं,माघ २ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा झोरवासी शोकमा परेका छन् ।

टोखा नगरपालिका वडा नम्बर १ झोरकी रचना काफ्ले र उनका छोरा रियान पौडेलको दुर्घटनामा परी मृत्यु भएकाले झोरवासी शोकमा परेका हुन । रचना त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयकी पूर्व विद्यार्थी समेत हुन् ।

विमान दुर्घटनाको शोकमा सरकारले सोमबार राष्ट्रिय झण्डा झुकाउदै शोक दिवस समेत सकेको छ ।

प्रतिक्रिया दिनुहोस्