सरकारको प्रवक्तामा रेखा शर्मा
काठमाडौं,माघ ४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त गरेकी छिन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे ।
मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन ।

