आजको मौसम: पश्चिम नेपालमा हिमपातसँगै वर्षा हुने सम्भावना
काठमाडौं,माघ २५ । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भएको हो ।
खासगरी आज बिहीबार पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

