नुवाकोट पञ्चकन्यामा सोनाम ल्होछारको लगातार तीन दिन पर्व विदा



नुवाकोट,माघ ६ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सोनाम ल्होछारको लगातार तीन दिन सार्वजनिक विदा दिइएको छ ।

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै विदा बारे जानकारी गराएको हो ।

प्रकाशित सूचनामा यही माघ ७, ८ र ९ गते पर्व विदा दिइएको उल्लेख गरिएको छ । ल्होछारको पावन अवसरमा शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्