चितवनमा दुई वटा गैँडा मृत भेटिए



काठमाण्डाै,माघ ६ । चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को झण्डै १४ वर्षको माउ गैँडा मारिएको अवस्थामा भेटिएका हुन।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भङ्गालोमा दुईवटा गैँडा मरेको अवस्थामा भेटिएको हो ।

बच्चा गैँडा विद्युतीय धरापमा परेको पाइएको र माउ गैँडाको खाग काटेर लगेको अवस्थामा भेटिएकाले दुवै गैँडा चोरी सिकारीले मारेको हुनसक्ने निकुञ्जले जनाएको छ ।घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्