नुवाकोट थान्सिङका मल्टिट्यालेन्ट दुई बालबालिका सम्भव र सम्भवी सम्मानित
नुवाकोट,माघ ७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङका मल्टि ट्यालेन्ट दुई बालबालिका सम्मानित भएका छन् ।
शनिबार एक समारोह बीच भएको विन्द्राचलधाम श्रीहरीप्रयाग छहरेले बालबालिकाद्वय सम्भव पाण्डे र सम्भवी पाण्डेलाई सम्मान गरेको हो ।
शैक्षिक क्रियाकलापमा समेत उत्कृष्ट बालबालिकाद्वय पाण्डेले हार्मोनियम, तबला तथा गायन क्षेत्रमा उत्कृष्ट प्रस्तुति प्रदान गरेवापत सम्मान गरिएको विन्द्राचलधाम श्रीहरीप्रयाग छहरेले जनाएको छ ।
जिल्लाको सुदुरपूर्वी क्षेत्रका विभिन्न स्थानमा भजनकिर्तन कार्यक्रम तथा धार्मिक मेलाको आयोजना हुँदै आइरहेको छ ।

