उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित



काठमाडौं, माघ ७ । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्।

कांग्रेसकी उम्मेद्‍वार मुक्ताकुमारी यादवलाई हराउँदै रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन्। संसदमा उपस्थित् २ सय ६४ सांसदहरुमध्ये रानामगरले १ सय ६६ मत पाउँदा उनका प्रतिद्धन्दि यादवले ९७ सय मत पाईन्।

यस्तै, १ मत कसैलाई मतदिन्न भन्ने पक्षमा परेको छ ।रानामगरलाई सत्तारुढ दलहरुले मतदान गरेका थिएभने यादवलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्