जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या, शव नेपाल ल्याइँदै



काठमाडौं,माघ ८ । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ ।

१३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।

मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्