देशले चाडै नै दुई जना तामाङ नेता पाउदैछ- प्रचण्ड
काठमाडौं,माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले देशमा चाडै नै दुई जना तामाङ मन्त्री नियुक्त हुने बताएका छन ।
आइतबार काठमाडौंस्थित टुडिखेलमा आयोजित ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।
केहि तामाङ नेताले आफुलाई निकै घोचपेचपूर्ण वक्तव्य दिएको तर सहयोद्धा हितबहादुर तामाङले निक्कै शालीन तथा भद्र किसिमले वक्तव्य राखेको बताउदै आउदो केहि दिनभित्र देशले एक पुरुष तामाङ नेता र एक महिला तामाङ नेतृ नियुक्त गर्ने बताए । ‘तपाईंहरु निर्धक्कसहित ल्होछार मनाउनुहोस, कुनै चिन्ता नलिनुस तपाईंहरुको माग सम्बोधन गर्नेछु, ढुक्क हुनुस।’ प्रधानमन्त्री दाहालले भने ।

