माओवादी केन्द्रले ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक बोलायो



काठमाडौं,माघ ८ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । 

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।  

जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मन्जुर भएका छन् । 

प्रतिक्रिया दिनुहोस्