संसद भवन अगाडि आत्मदाहको प्रयास



काठमाडौं,माघ १० । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवन अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका हुन् ।

पेट्रोल छर्केर आगो लगाउँदा लगाउँदै उनलाई प्रहरीले उद्दार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भएरहेको छ । उनले के कारणले आत्मदाहको प्रयास गरे भन्ने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्