लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने



काठमाडौं,माघ १३ । चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

गायक पौडेलको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ ।

रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए । गायक पौडेलको अन्त्येष्टि पोखरामा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्