राष्ट्रपति चुनावको मिति १० दिन भित्रमा घोषणा गर्ने तयारी



काठमाडौँ,माघ १३ । निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति १० दिन भित्रमा घोषणा तयारी गरेको छ ।

आगामी फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिने भएकाले अबको १० दिन भित्रमा निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनका अनुसार निर्वाचनको मिति घोषणा गर्ने बारेमा विभिन्न छलफल चलिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रपतिको कार्यकाल सकिनुुअघि निर्वाचनको मिति घोषणा हुनुपर्ने माग गर्दै आएको छ भने चुनावको मिति सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्