पोखरामा पनि घट्यो आत्मादाह प्रयासको घटना, उद्धार गर्न गएकी महिला गभीर घाईते



पोखरा,माघ १५ । काठमाण्डौँमा ईलामका प्रेम आचार्यले आफैलाई आगो लगाएर आत्मदाह गरेको घटना सेलाउन नपाँउदै पोखराका एक युवाले पनि आत्मदाहको प्रयास गरेका छन् ।

पोखरास्थित महानगर १३ काहुँखोलामा बस्ने ४३ वर्षका कृष्ण बहादुर क्षेत्रीले आफैलाई आगो लगाएका हुन् । उनी जल्दै गरेको थाहा पाएपछि घरबेटी संगीता सापकोटा पनि जलेकी छन् । उनीहरुलाई तत्कालै उद्धार गरी पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो केहि समययता लगातार जसो नेपालमा आत्मदाहको घटना बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्