राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापतिमा फेरि रवि लामिछाने चयन



काठमाडाैं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्