रवि लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा



काठमाडौं,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएकाे जानकारीअनुसार आइतबार साँझ प्रधानमन्त्री दाहाललाई भेट्न रवि बालुवाटार पुगेका हुन् ।

आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्