हिरासत तोडेर धनुषाबाट ६ अभियुक्त फरार
जनकपुर,माघ १६। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् ।
राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

