‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक



काठमाडौं,माघ १६ । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ ।

सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायत कलाकार छन् ।

हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्