पेय पदार्थ संघले अवैध मदिराको उत्पादन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारबाहीको माग
काठमाडौं,माघ १७ । अवैध मदिराको उत्पादन एवं बिक्रि वितरण गरेको भन्दैं नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति प्रकाशित गर्दै सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखि अनुसन्धान कार्य अघि बढाउन आग्रह गरेको हो ।
नेपाल सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न आन्तरीक राजश्व कार्यालयहरु र नेपाल प्रहरीका तर्फबाट बजार अनुगमन एवं अनुसन्धान कार्यलाई सक्रियतापूर्वक तिव्रता दिएका कारण देशका बिभिन्न भागबाट विभिन्न किसिमका अबैध मंदिरा, चोरी पैठारीका मंदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थ सहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरेको छ ।
साथै यस्ता अबैध कारोवारलाई नियन्त्रण गर्न नेपाल सरकार, आन्तरीक राजस्व विभाग एवं सो अन्तर्गतका विभिन्न कार्यालयहरु र नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रति संघको धन्यवाद ब्यक्त गरेका छन् ।
संघले जारी गरेको विज्ञप्तिमाल भनिएको छ मदिरा जस्तो सम्बेदनशिल बस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाईसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ल्याव परिक्षण गरि स्वीकृती प्राप्त गरेर मात्र गर्नु पर्ने एवं बिक्रि गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्रि गर्न पाउने कानूनी प्रावधान रहेको छ ।
अवैध मदिराको उत्पादन एवं बिक्रि वितरणबाट सरकारको राजश्वमा असर पर्नु का साथै यस किसिमका अबैध मदिराको आयात, उत्पादन, बिक्रि वितरण एवं उपभोगले देशको राजश्व, कानून बमोजिम स्थापीत उद्योगहरुको व्यवसायीक ख्याती, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भिर असर पर्न जाने तथ्य प्रति सचेत रहर्न संघ अनुरोध गरेको छ ।
साथै यस किसिमका अबैध गुणस्तरहिन र मापदण्ड विपरितका उत्पादनहरुले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भिर नकारात्मक प्रभावको बारेमा सचेत रही यस किसिमका कार्यहरु कहि कतै भएको जानकारी आएमा नेपाल सरकारका निकायहरुमा सूचना दिई त्यस्ता अबैध कारोवारीहरु लाई कानूनी कारवाहिको दायरामा ल्याउन सहयोग गर्ने संघले अनुरोध गरेको छ ।

