गौतम बुद्ध विमानस्थलबाट ढाका उडान शुरू गर्न बंगलादेशलाई आग्रह



काठमाडौं,माघ १७ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान शुरू गर्न राजदूत चौधरीलाई आग्रह  गरेकी छिन् ।

भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्