मलाई भन्न, लेख्न केही बाँकी भए भनिहाल्नुहोला, मौनता आजसम्म मात्रै हो: रवि लामिछाने
काठमाडौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई केही भन्न, लेख्न बाँकी रहेको भए भनिहाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले अब आफू चुप लागेर नबस्ने बताएका छन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’।
नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि प्रतिक्रिया नदिएका सभापति लामिछानेले पछिल्लो प्रतिक्रिया दिएका हुन् ।
उनको पार्टीले सत्ता गठबन्धनबाट गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने अडान राख्दै आएको छ । गृह मन्त्रालय नपाए रास्वपाले सत्ता गठबन्धन तोड्ने समेत चेतावनी दिइसकेको छ ।

