काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
काभ्रे,माघ १९ । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसको ठक्करबाट नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा ८ वर्षीया दिबिसा अधिकारीकाे मृत्यु भएको हाे ।
बनेपाबाट खार्पाचोक जादै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिका अधिकारीलाई ठक्कर दिँदा घटनास्थलमै निधन भएको थियोे । आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।

