नेता धनश्याम भुसालको गाडी दुर्घटना
काठमाडौं,माघ २०। नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् । आफैले चलाएको बा १६ च १३८४ नम्बरको कार दुर्घटनामा परेको हो ।
नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो। आफ्नो पार्टी कार्यालय जाने बेला बानेश्वर चोकमा उनको कार दुर्घटना परेको हो ।
अहिले उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको सवारीमा क्षति पुगेको छ ।

