नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात



काठमाडौं,माघ २० । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएको हो ।

’नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ ।

निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्