सञ्चारमाध्यममाथि रविकाे आक्राेश
काठमाडौं,माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडियामाथि आक्राेश पाेखेका छन् ।
पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलन उहाँले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताए ।
उनले भने , ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे।’ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको दाबी गरे ।

