राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने
काठमाडौं,माघ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

