नेपाल टेलिकमद्वारा नेपाल प्रहरीलाई प्रशंसा पत्र प्रदान
काठमाडौं,माघ २२। नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।
२०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकोले नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।
नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले प्रदान गर्नुभएको उक्त प्रशंसा पत्र नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक ई।गोपाल बहादुर रेग्मीले ग्रहण गरेका हुन ।

