पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रीको प्रतिवद्धता



काठमाडौं,माघ २३ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद  पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताएका हुन् ।

“पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, उनले भने, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारको दुर्घटना बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था गर्नु अर्को महत्वपूर्ण काम भएको भन्दै श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको दाबी गरे ।

सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा  उनले जोड दिए । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएर काम गर्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्