बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु
बझाङ,माघ २३ । बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा १ जना त्यस्तै रूखबाट लडेर १ जना र आत्महत्या बाट एक गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
धनगढीबाट बझाङ आउँदै गरेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक केदारस्युँ गाउँपालिकाकी २५ वर्षिया अमृता खत्रीको मृत्यु भएको हो ।
यस्तै, बझाङको खप्तड छान्ना गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ गोठ्खोलाकि धनलक्ष्मी खत्रीको रुखबाट लडेर मृत्यु भएको हो। त्यस्तै ३० बर्षिया बलराम गिरिले आफ्नो घरको भान्सा कोठामा आत्महत्या गरेको प्रहरीले बताएको छ

