ढल्यो सुदुरपश्चिम सरकार
काठमाडौं,माघ २६ । मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ ।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।
‘उनले विश्वासको मत नपाएसँगै संसदीय प्रणालीलाई स्वीकार गर्ने बताएका छन् । अबको केहि बेर मै उनले राजीनामा दिने तयारी गरेका छन् ।

