बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा
काठमाडौं,माघ २६ । बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा दिइने भएको छ ।
बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो ।
मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए ।


