शुभम् पावरको आइपीओ बाँडफाँट, २ जना भाग्यमानीले पाए ११ कित्ता
काठमाडौं,माघ २७ । शुभम पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान सर्वसाधारणलाई आईपिओ बाँडफाँट गरेको हो ।
कम्पनीको आइपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराउँदा २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

