अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु
अर्घाखाँची,माघ २८ । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पाणिनी गाउँपालिका ८ गैनडाँडाका स्थानीय १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दाउरा लिन जादै गरेको लु २ त ९२७१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ सोही वडाको सौर्य खोला ब्यङ्दीमा दुर्घटना हुँदा कुमालको मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक २२ वर्षीय चाम बहादुर कुमाल र ३९ वर्षिय शंकर बहादुर कुमाल गम्भीर घाइते भएका छन् । घाइतेको पाल्पा मिसनमा उपचार भैरहेको बताइएको छ ।

