विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा



काठमाडौं,माघ २८। विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् ।

शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक केशव दाहालका अनुसार पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

५१ सदस्यीय कार्यसमिति रहेको केन्द्रिय समितिको महासचिवमा रञ्जु दर्शना रहेकी छिन । त्यस्तै सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्