मकवानपुर राक्सिराङमा सडेको अवस्थामा महिलाको शव भेटियो



मकवानपुर,माघ २९ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शव गत माघ ५ गतेदेखि बेपत्ता रहेकी स्थानीय वडा नम्वर ८ भाईढुल बस्ने ३७ वर्षीया फुलमांया प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव शनिबार साँझ ६ बजेको समयमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक प्रजाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्