हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी विजयी
विदुर,माघ २९ । अन्तर विद्यालय हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिंङ विजयी भएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा सुर्यगढी गाउँपालिका-५ मा रहेको नुवाकोट ग्लाेरी स्कुल प्रथम भएको हो ।
सामुदायिक विद्या मन्दिर देविघाटमा भएकाे प्रतियोगितामा अर्किड एकेडेमी द्वितीय र सुभेनियर बाेर्डिङ स्कुल तृतीय भएका छन् । यस्तै, युनिभर्सल बाेर्डिङ स्कुलले सान्त्वना प्राप्त गरेका छन् ।

