आज जनयुद्ध दिवस, देशभर सार्वजनिक विदा



काठमाडौं,फागुन १ । सरकारले सोमवार अर्थात् फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने भएको छ ।

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

विसं २०५२ फागुन १ गतेबाट जनयुद्ध शुरू भएको थियो। नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ ।

सरकारले  परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सार्वजनिक विदा भएकाले सबै सरकारी कार्यालयहरु बन्द हुने छन् ।  शेयर कारोबार पनि बन्द हुने  छ ।

प्रतिक्रिया दिनुहोस्