सरकारले १४ प्रतिशतले घटायो बजेटको आकार



काठमाडौं,फागुन १। उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । आइतवार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् । 

अर्थमन्त्री पौडेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेका हुन् । उनले १३ खर्ब ४१ अर्बको राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोडमा झारेका छन् । उनले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताए । 

अर्थमन्त्री पौडेलले चालू खर्चमा मितव्ययिता कायम गरी खर्चलाई पुनःप्राथमिकिकरण गर्ने बताए । उनले चालू खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ८४ करोय १६ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात् ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्