नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री



काठमाडौं,फागुन १। नेपाल सरकारले टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । मन्त्रालयका अनुसार राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन्।

शक्त्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा अहिलेसम्म करिब ३५ हजार मानिसको ज्यान गइसकेको छ। त्यस्तै ९० हजारभन्दा धेरै घाइते भएका छन्।

टर्की र सिरियामा शक्तिशाली भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।

नेपाली सेना पनि उद्धारका लागि जान स्टान्ड बाइ छ। तर सेनालाई उद्धारका लागि पठाउनेबारेमा सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्