यातायात मजदुरकाे प्रदर्शनले बालाजु सडकमा सवारीसाधन ठप्प



काठमाडौं,फागुन १ । यातायात मजदुरकाे प्रदर्शनले बालाजु सडकमा सवारीसाधन ठप्प भएको छ । बालाजु क्षेत्रमा यातायात मजदुरले सडक अवरुद्ध गरेका हुन ।

ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अवरुद्ध पारेका हुन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्