ल्होत्से मलमा लुटपाटमा संलग्नको आशंकामा ४ जना पक्राउ



काठमाडौं,फागुन २ । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् ।

सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा तोडफोड र लुटपाट भएको थियो । घटनामा अरु मानिस पनि संलग्न हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

काठमाडौं प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन अनि प्रत्यक्षदर्शीसँग सोधपुछ जारी रहेकाले अरु मानिसको पनि संलग्नता हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्