लागूऔषधका तेह्र कारोबारी पक्राउ
काठमाडौं,फागुन ३ ।वलागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ब्युरो लागूऔषधका मुख्य कारोबारीसम्म पुग्न सफल भएको हो ।
ब्युरोका प्रमुख विकासराज खनालका अनुसार पक्राउ पर्नेमा भारतबाट नेपालमा औषधिजन्य लागूऔषध तस्करी गर्ने मुख्य अभियुक्त भारत, विहार मधुवनीका फैज अहमद र नेपालमा थोक बिक्रेताको काम गर्ने सोलुखुम्बु, माप्यदूधकोसी गाउँपालिका–४ का लाक्पा शेर्पा छन् ।
फैजन नेपालमा लागूऔषधको कारोबारबाट सङ्कलन गरेको रकम लिन आएका बेला सुन्धाराबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी ब्युरोले शेर्पालाई विशेष सुराकीका आधारमा लागूऔषधको गोदाम रहेको कामपा–२१ दलाछी टोलबाट पक्राउ गरेको हो ।

