नयाँ बसपार्कमा लुटपाट गर्नेलाई कारवाही गर्न कांग्रेस सांसदको माग
काठमाडौं,फागुन ३ । नेपाली कांग्रेसका सांसद डा. प्रकाश शरण महतले नयाँ बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले प्रपतनिधि सभाको बुधवारको बैठकमा विषेश समय लिएर बोल्दै मोवाइल पसलमा लुटपाट र तोडफोड गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् । उनले देशको राजधानी काठमाडौंको मुटुमा नै शान्ति सुरक्षाको प्रत्याभूत गर्न नसकेको भन्दै सरकारको ध्यानमकर्षण गराए ।
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्न पनि सरकारसँग माग गरे । गत सोमबार यायायात मजदुरको आन्दोलनमा क्रममा बसपार्कमा रहेको लोत्से मलमा रहेको मोवाइल पसलमा लुटपाट गरिएको थियो ।

