कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च कहिलेसम्म चल्छ : अर्जुननरसिंह केसी
काठमाडौं,फागुन ३ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोल्दै उनले सर्वोच्चमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए ।
उनले भने, ‘सर्वोच्च अदालत वर्ष देखि कामुको नेतृत्वमा छ । यसप्रति सरकारको ध्यानाकर्षण होस् । सरकारले न्यायलयलाई पूर्णता दिने काम तत्काल गरोस् ।’

