लोत्से मलमा लुटपाट गर्ने पक्राउ, अन्य संलग्नको खोजी कार्य जारी
काठमाडौं,फागुन ४ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेको छ ।
आज जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी उक्त घटनामा दैलेखका चिरन रेग्मी, काठमाडौँको सामाखुसी बस्ने नविन खड्गी, रुपन्देहीका सुजन खत्री र झापाका प्रदीप बस्नेत रहेका जानकारी गराएको छ ।
अन्य संलग्नको खोजी कार्य जारी रहेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उक्त मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्राली, डायमन्ड मोबाइल प्राली तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालीमा तोडफोड गरी उक्त पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामान चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

