नुवाकोटको चैनपुरमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
नुवाकोट,फागुन ४ । नुवाकोटमा बस दुर्घटना भएको छ ।
जिल्लाको बट्टारहुँदै तारकेश्वरको गोर्स्याङ, दाङ्सिङ हुँदै गइरहेको बा २ ख ८४४५ नम्बरको बस चैनपुरको उकालोमा ब्रेक फेल भइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बस दुर्घटनामा परी दुई जनको मृत्यु भएको बताइएको छ । घटनामा स्थानीय प्रहरी उद्धारका लागि खटिएका छन् । बसमा ३५ जना यात्रु सवार थिए । घाइतेलाई त्रिशुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको बिस्तृत बिवरण आउन बाकि रहेको छ ।


