नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ
काठमाडौं,फागुन ४ । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले नक्कली सुन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
ठगी आरोपमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं। १० बस्ने रामबिर चौधरी, सोहि नगरपालिका वडा नं। ६ कका लालबाबु राय यादव, वडा नं। १८ बस्ने राकेश कुर्मी र वडा नं। १७ का अवधेश कुमार राय पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट एउटा सेतो स्कारपियो, सुनको जलप भएको बिस्कुट आकारको एक थान पहेलो धातु बरामद गरिएको छ । उनीहरुले नक्कली सुन देखाएर ठगी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

